1.1 स्थायी बासिन्दा बन्नको लागि

स्थायी बासिन्दा वा नागरिकताको लागि आवेदन दिन तपाईँले निम्न कार्यहरू पुरा गर्नुपर्नेछ:

  • अङ्ग्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्दछ ।
  • युकेको जनजीवनको ’boutमा राम्रो बुझाइ हुनुपर्दछ ।

तपाईँलाई हालसम्म (जनवरी २०१३ सम्म) यी पक्षहरूमा दुई तरीकाले परीक्षण गर्न सकिन्छ:

  • युकेको जनजीवन परीक्षा लिने।यसका प्रश्नहरू यसरी बनाइएका हुन्छन् कियसको लागि अन्य भाषा बोल्ने मानिसहरूको लागि अङ्ग्रेजी (ESOL) प्रवेश तह ३को आवश्यकता पर्दछ ।त्यसो हुँदा अङ्ग्रेजी भाषाको लागि छुट्टै परीक्षा दिनु आवश्यक छैन । बिन्दुमा आधारित Tier 1 र Tier 2लगायत यहाँ रोजगारी प्रवेशाज्ञा (Work Visa) मा रहेकाले प्राय: स्थायी बासिन्दा बन्नको लागि युकेको जनजीवन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
  • अङ्ग्रेजीमा नागरिकता सहितESOL पाठ्यक्रम पुरा गरी परीक्षा उत्तीर्ण गर्ने।यदि तपाईँको अङ्ग्रेजीको स्तर ESOL प्रवेश तह ३भन्दा कमजोर छ भने तपाईँले यो पाठ्यक्रम पुरा गर्नुपर्नेछ । यसले तपाईँको अङ्ग्रेजी भाषामा सुधार ल्याउन र युकेको जनजीवनका ’boutमा अझ बुझ्न सघाउनेछ । पाठ्यक्रमको अन्तमा तपाईँले परीक्षा दिनुपर्नेछ ।

यि दुईमध्ये कुनै एक परीक्षा उत्तीर्ण गरिसकेपछि तपाईँले स्थायी बासिन्दा या बेलायती नागरिकताको लागि आवेदन दिन सक्नुहुनेछ । तपाईँले बुझाउनुपर्ने फारम र उपलब्ध गराउनुपर्ने प्रमाणहरू तपाईँको व्यक्तिगत अवस्थामा निर्भर गर्दछ । आवेदनसँग तपाईँले शुल्क पनि बुझाउनुपर्नेछ, जुन भिन्नभिन्नै प्रकारका आवेदनको लागि फरक छ । सबै फारम र शुल्कहरूको सूची युके बोर्डर एजेन्सीको वेबसाइट www.ukba.homeoffice.gov.ukमा उपलब्ध छन् ।

अक्टोबर २०१३ देखि आवश्यक योग्यताहरूमा परिवर्तन आउनेछ । त्यस मितिदेखि स्थायी बासिन्दा या बेलायती नागरिकताको लागि तपाईँले:

  • युकेको जनजीवन परीक्षा उत्तीर्ण गर्नुपर्नेछ

 

  • कमन युरोपियन फ्रेमवर्क अफ रिफरेन्सको B1 मा अङ्ग्रेजीको बोल्ने र सुन्ने क्षमताको सन्तोषजनक प्रमाण उपलब्ध गराउनुपर्नेछ । यसको मान्यताESOL प्रवेश तह ३ सरह मानिन्छ ।

विष्यमा नागरिकताको लागि आवेदन दिँदा आवश्यक पर्ने योग्यता पनि परिवर्तन हुनेछ । अन्य विवरण युके बोर्डर एजेन्सीको वेबसाइटमा प्रकाशित गरिनेछ र तपाईँले बसोवास वा नागरिकताको लागि आवेदन दिनुभन्दा अगाडि त्यतिबेला आवश्यक पर्ने योग्यताहरूको ’boutमा तपाईँले सो वेबसाइटमा जानकारी लिन सक्नुहुनेछ ।

This study guide is also available in: arArabicbeBengalidrDarizh-hansChinese (Simplified)enEnglishguGujaratihiHindipshPashtoplPolishpaPunjabitaTamiltrTurkishurUrdu