1: संयुक्त अधिराज्यका मान्यता र सिद्धान्त

बेलायत बस्नको लागि एक असाधारण ठाउँ छ एउटा लामो र किर्तीमानी इतिहास बोकेको एउटा आधुनिक र समृद्ध समाज । हाम्रा मानिसहरू विश्वका राजनैतिक, वैज्ञानिक, औद्योगिक र साँस्कृतिक विकासको चुरोमा छन् । हामीलाई हाम्रो नयाँ आप्रवासीहरूलाई स्वागत गर्ने किर्तीमानमाथि हामीलाई गर्व छ । ती आप्रवासीले हाम्रो जीवनमा विविधता र गतिशीलता थप्ने गर्छन् ।

संयुक्त अधिराज्य(युके)को स्थायी वासिन्दा वा नागरिक बन्नको लागि आवेदन दिनु एउटा महत्वपूर्ण निर्णय र प्रतिबद्धता जनाउनु हो । तपाईँले स्थायी बसोबाससँग जोडिएर आउने जिम्मेवारीहरू निभाउन र युकेका कानुन, मान्यता र परम्परालाई आत्मसात गर्न सहमत हुनुपर्नेछ । असल नागरिक युकेका सम्पत्ति हुन् । हाम्रो समाजमा योगदान गर्न चाहनु हुने जो कोहीलाई हामी स्वागत गर्दछौँ ।

युकेको जनजीवन परीक्षा उत्तीर्ण गर्नु तपाईँले युकेको स्थायी आप्रवासी बन्न तयार भएको एक संकेत हो ।

यो हातेपुस्तक तपाईँलाई उक्त परीक्षाको तयारीको लागि तयार पारिएको हो । यसले तपाईँलाई समाजमा घुलमिल हुन र स्थानीय समुदायमा पूर्ण भूमिका निभाउन सहयोग गर्नेछ । तपाईँमा युकेको संस्कृति, कानुन र इतिहासको विषयमा विस्तृत सामान्य ज्ञान दिलाउन यसले सहयोग गर्नेछ ।

बेलायती समाज आधारभूत मान्यता र सिद्धान्तमा स्थापित भएको छ जसलाई युकेभित्र बसोवास गर्ने सबैले सम्मान र सहयोग गर्नुपर्दछ । यी मान्यताहरू बेलायती नागरिक वा युकेको स्थायी बासिन्दा हुनुको जिम्मेवारी, अधिकार तथा सुविधाहरूमा प्रतिबिम्बित भएका छन् । ती मान्यताहरू इतिहास र परम्परामा आधारित छन् र कानुन, प्रथा तथा आम अपेक्षाद्वारा सुरक्षित छन् । अतिवाद र असहिष्णुताको बेलायती समाजमा कुनै स्थान छैन ।

बेलायती जीवनका आधारभूत सिद्धान्त निम्नानुसार छन्:

  • लोकतन्त्र
  • कानुनी राज्य
  • व्यक्तिगत स्वतन्त्रता
  • विभिन्न धार्मिक आस्था र विश्वास भएका मानिसहरू बीच सहिष्णुता
  • सामुदायिक जीवनमा सहभागिता

नागरिकता उत्सवको एउटा अंशको रूपमा नयाँ नागरिकले यी मान्यताहरूलाई आत्मसात गर्ने प्रतिज्ञा गर्दछन् । प्रतिज्ञा यासप्रकार छ:

‘म संयुक्त अधिराज्यप्रति बफादारी निभाउनेछु र यसका अधिकार र स्वतन्त्रताको सम्मान गर्नेछु । म यसका लोकतान्त्रिक मान्यताहरूलाई आत्मसात गर्नेछु । म यसका कानुनहरूको इमान्दारीपूर्वक पालना गर्नेछु र बेलायती नागरिकको रूपमा आफ्नो कर्तव्य र दायित्व निभाउनेछु ।’

आधारभूत सिद्धान्तबाट जिम्मेवारी तथा स्वतन्त्रताको प्रादुर्भाव भएको हुन्छ, जसलाई युकेमा बसोबास गर्ने सबैले आत्मसात गर्ने गर्दछन् र हामी सबै बासिन्दाहरूले यसको सम्मान गरून् भन्ने अपेक्षा राख्दछौँ ।

 

यद तपाईँ युकेको वासिन्दा वा नागरिक बन्न चाहनुहुन्छ भने निम्न कार्यहरू गर्नुपर्नेछ:

  • कानुनको सम्मान र पालना गर्ने
  • व्यक्तिगत विचार व्यक्त गर्ने अधिकार लगायत अरूका अधिकारको सम्मान गर्ने
  • अन्य व्यक्तिसँग न्यायपूर्ण व्यवहार गर्ने
  • आफ्नो र आफ्नो परिवारको हेरचाह गर्ने
  • तपाईँ बसेको क्षेत्र तथा वातावरणको हेरविचार गर्ने

यसको बदलामा युकेले निम्न कुराहरू प्रदान गर्नेछ:

  • आस्था र धर्मको स्वतन्त्रता
  • वाक् स्वतन्त्रता
  • अन्यायपूर्ण विभेदविरुद्धको स्वतन्त्रता
  • न्यायपूर्ण सुनुवाइको अधिकार
  • सरकारको चुनावमा सहभागी बन्ने अधिकार

This study guide is also available in: arArabicbeBengalidrDarizh-hansChinese (Simplified)enEnglishguGujaratihiHindipshPashtoplPolishpaPunjabitaTamiltrTurkishurUrdu